सेप्टेम्बर ११ को हमलापछि महिलाको भेषमा भागेका थिए लादेन

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलापछि संयुक्तराज्य अमेरिकाको मोस्ट वान्टेड सूचीमा रहेका अतिवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेन महिलाको भेषमा तोराबोरा पहाडबाट भागेको अमेरिकाले जानकारी दिएको छ । एक महत्वपूर्ण खुलासामा पूर्वसिआइए अधिकारी जोन किरियाकोउले यस्तो जानकारी दिएकी हुन् । एएनआईसँगको एक विशेष अन्तर्वार्तामा १५ वर्षसम्म सिआइएमा रहेकी र पाकिस्तानमा सिआइए आतंकवादविरोधी अपरेसनकी प्रमुखसमेत रहेकी किरियाकोउका अनुसार सेन्ट्रल कमान्डका कमान्डरका लागि अनुवादक वास्तवमा ‘अमेरिकीसेनामा घुसपैठ गर्ने अल–कायदा अपरेटिभ’ थिए ।

‘हामीलाई थाहा थियो कि हामीले बिनलादेनलाई घेरेका थियौँ । हामीले अनुवादकमार्फत उनलाई पहाडबाट तल आउन भन्यौँ । र, उनले बिहानसम्मको समय मागे । अन्ततः के भयो भने, बिनलादेन महिलाको पोसाकमा थिए र उनी पिकअप ट्रकको पछाडि अँध्यारोको आडमा पाकिस्तानतर्फ भागे,’ उनले थपे । पछि अमेरिकाले मे २०११ मा उत्तरी पाकिस्तानको एबोटाबाद सहरमा ओसामा बिनलादेनलाई पत्ता लगाएको थियो । मे २ मा संयुक्तराज्य अमेरिकाको विशेष बलले उनको सुरक्षित घरमा छापा मार्दा ओसामा मारिएका थिए । त्यतिवेला पाकिस्तानसँग अमेरिकाको सम्बन्ध राम्रो भएको र तत्कालीन राष्ट्रपति तथा सेनाप्रमुख परबेज मुसर्रफले अमेरिकालाई सहयोग गरेको पनि उनले बताएकी छिन् ।

 ‘पाकिस्तानी सरकारसँग हाम्रो सम्बन्ध धेरै राम्रो थियो । त्यतिवेला जनरल परबेज मुसर्रफ थिए । यहाँ इमानदार बनौँ । संयुक्तराज्य अमेरिकालाई तानाशाहहरूसँग काम गर्न मन पर्छ । त्यसैले, हामीले मूलतः मुसर्रफलाई किन्यौँ । हामीले लाखौँ डलर सहायता दियौँ, चाहे त्यो सैन्य सहायता होस् वा आर्थिक विकास सहायता । र हामीले मुसर्रफसँग नियमित रूपमा भेट्थ्यौँ, हप्तामा धेरैपटक । र मूलतः उहाँले हामीलाई जे गर्न चाहनुहुन्थ्यो त्यो गर्न दिनुहुन्थ्यो । तर, मुसर्रफसँग पनि आफ्नै मानिस थिए जससँग उहाँले डिल गर्नु आवश्यक थियो,’ उनले भनिन् ।

See More On

सुझावित समाचार