प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जाबाट दुई पक्राउ

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जाबाट दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३, बाँडखोला बस्ने ३० वर्षीय सौगिल गुरुङ र सोही स्थान बस्ने ३२ वर्षीय सौजन गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए।

शुक्रबार रातको समयमा पुतलीबजार– ३, बाँडखोलामा देउसी-भैलो कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरूसँग उनीहरूको विवाद भएको थियो। सम्झाइबुझाई गर्न खोजेका प्रहरी कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको तिवारीले बताए।

पक्राउ परेका दुवैलाई अभद्र व्यवहार कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आइतबार १० दिन म्याद थप गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार