लेक लागेर मनाङमा दुईजनाको मृत्यु

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

मनाङको नार्पाभूमि गाउँपालिकामा लेक लागेर दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ र नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घले रहेकाे मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए।

मृतक दुईमध्ये गुरुङको नार्पाभूमि– ४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा र घलेको नार्पाभूमि– ४ याकखर्कबाट फर्कने क्रममा लेक लागेर बाटोमै मृत्यु भएको हो।
 

सुझावित समाचार