जेन–जी आन्दोलनमा सुरक्षा निकायका हतियार तथा अन्य औजार लुटपाट गर्नेविरुद्धको कारबाहीलाई प्रहरीले तीव्रता दिएको छ। आइतबार पेस्तोल तथा हतकडीसहित दुईजना पक्राउ परेका छन्।
उपत्यका प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो ललितपुरको महालक्ष्मी नगरपालिका– ५, टीकाथली राधाकृष्ण खानेपानी ट्यांकीनजिकै हनुमन्ते खोला किनारमा तीन राउन्ड गोलीसहितको पेस्तोल भेटिएको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको सिभिल टोली र प्रहरी चौकी टीकाथलीबाट खटिएको संयुक्त टोलीले सुराकीको आधारमा सो पेस्तोल बरामद गरेको हो ।
त्यस्तै, बौद्ध वृत्तले गोकर्णेश्वर नगरपालिका– ७, दक्षिण ढोकाबाट चाबीसहितको हतकडी बरामद गरेको छ । झापाको दमक नगरपालिका– २ घर भई काठमाडाैं जिल्ला बालाजु बस्ने वर्ष २९ को साजन श्रेष्ठलाई हतकडीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, २४ भदौको आन्दोलनमा साँखु प्रहरी प्रभागमा आगजनी र प्रहरीमाथि कुटपिट गर्ने मकवानपुर प्रह्लाद दाहाल र स्थानीय सानुकान्छा वाइबालाई पक्राउ गरेको छ ।