घरको भर्‍याङबाट लड्दा रामेछापमा एकको ज्यान गयो

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

जिल्लाको उमाकुण्ड गाउँपालिका– ४, प्रितीस्थित गलामका ५८ वर्षीय दिलबहादुर तामाङको भर्याङबाट चिप्लिएर लड्दा उनको ज्यान गएको छ ।

शनिबार दिउँसो गलाम मानेडाँडामा स्तुपामा काम गर्दै आएका दिलबहादुर सोही भवनको माथिल्लो तलाको भर्याङबाट लडेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते तामाङलाई स्थानीयहरूले तत्काल उद्धार गरी गाडीमार्फत उपचारका लागि दोलखाको जिरी अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय प्रितीका प्रहरी हवल्दार चक्रवहादुर राईले जानकारी दिए ।

सुझावित समाचार