पोखरामा चक्कु हानेर हत्या

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

पोखरामा चक्कु प्रहार गरेर व्यक्तिको हत्या भएको छ। पोखरा महानगरपालिका–५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको हो। घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–१८ सराङकोट घर भई सोही महानगरपालिका–५, मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पोखरा महानगरपालिका–५, चिल्डेल पार्कनजिकै अनिल शनिबार बिहान अचेत अवस्थामा भेटिएका थिए। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनिललाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकामा उनको उपचारको क्रममा मृत्यु भएको थियो। घटना अनुसन्धानको क्रममा किशोर तिमिल्सिना र अनिलबिच सामान्य वादविवाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आएपश्चात् तिमिल्सिनालाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार