मन्त्री घिसिङद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारपरिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गरेका छन्।

पटक–पटक म्याद थपिँदा पनि सम्पन्न हुन नसकेको यो भवनको काम सुस्त भएको भन्दै निर्धारित समयमा सकिनेमा आशंका बढेको छ।

संसद् भवनको निर्माण २०७६ असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो।

सुझावित समाचार