सुधनलाई मात्र माइतीघर मण्डला खुला गरिएको भन्दै शंकर पोखरेलको विरोध

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

एमाले महासचिव शंकर पोखरेलले सत्ताको संरक्षणमा सुधन गुरुङका लागि मात्र माइतीघर मण्डला खुला गरिएको भन्दै विरोध जनाएका छन्। माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन,  सबैका लागि हो। बालेन, सुधन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो। फेसबुकमा पोखरेलले लेखेका छन्।

सरकारले गत बिहीबार प्रहरीकै उपस्थितिमा गुरुङलाई मण्डलामा विरोध प्रदर्शन मात्र होइन, कोणसभासहित सम्बोधनका लागि दिएको, तर शनिबार विरोध प्रदर्शन गर्ने जेन-जीलाई भने पक्राउ गरेकोतर्फ पोखरेलले इंगित गरेका छन्। 

सरकारले गुरुङको समूहबाहेकले प्रदर्शन गर्दा रोक लगाउने,पक्राउ गर्ने गरेको भन्दै अन्य जेन-जी समूहले पनि विरोध जनाउँदै आएका छन्। शनिबार पनि प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी पक्राउ परेका छन्।

सुझावित समाचार