महोत्तरीको गौशाला नगरपालिका-५ स्थित गौशाला बजारमा एक व्यक्ति मृत फेला परेका छन्। सर्लाहीको हरिपूर्वा नगरपालिका बसतपुरनिवासी अन्दाजी ३० वर्षीय रामानन्द बैठा मृत भेटिएका हुन्।
उनले अधिक मादक पदार्थ सेवन गर्ने गरेको र अन्य केही रोगका कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी पाएको प्रहरीले जनाएको छ। यद्यपि, मृत्युको कारण पोस्टमार्टमपछि मात्र थाहा हुने उनले बताए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले मृतक व्यक्ति फेला परेकोबारेमा आफन्तलाई जानकारी गराइसकिएको र आवश्यक कानुनी प्रक्रिया सुरु भएको बताए।