हाटबजारमा छठ पूजाको सामग्री किन्नेको भिड (फोटोफिचर)

शुक्रबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

लक्ष्मीपूजाको ६ दिनपछि अर्थात् कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यको पूजा अर्चना गरेर बनाइने छठ पर्वको लागि चाहिने सामग्रीहरूको किनमेल गर्न स्थानीय हाटबजारमा भिड लागेको छ। 

स्थानीय हाटबजारमा छठ पूजाका लािग चाहिने बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियोसहितका सामग्री किन्नेहरुको भिड लागेको हो । लहान नगरपालिका- ५ स्थित नयाँ बजारमा साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै बाँस, माटोका सामग्रीसहित केरा, नरिवल, भोगटे, उखु, हरियो बोडी, मुला, अदुवाको बोटलगायतका सामग्रीहरू किन्न भिड लागेको छ । 

कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई बाँसबाट बनेको ढाकी, नाङ्लो, कोनियामा केरा, नरिवल, ठकुवा, भुसुवालगायतका सामग्रीसहित ब्रतालुले अर्घ्य दिएपछि पूजाका सामग्रीहरू पोखरी, तलाउ, नदीकिनारमा बनाइएका घाटमै छोडिन्छ । त्यसको भोलिपल्ट अस्ताउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ।

सुझावित समाचार