निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन थाल्यो

शुक्रबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँचवटाले दल दर्ताका लागि निवेदन दिएका र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ ।

सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि निवेदन दिन सकिने भए पनि जेन–जी आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको परिवेशमा युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ ।

आयोगले प्रक्रिया पुग्नेहरूलाई आवेदन स्वीकृत हुने जनाएको छ ।

सुझावित समाचार