हरेक वर्षझैँ यसपालि पनि ‘अञ्जली दिदी’ले सामूहिक भाइटीका लगाइदिएकी छिन्। ०५५ सालदेखि नै उनले सामूहिक रूपमा भाइटीका लगाइदिँदै आएकी छिन्।
काठमाडौंको वसन्तपुर मरुस्थित काष्ठमण्डप मरु सतलको गोरखनाथपरिसरमा बिहीबार उनले सैयौँको संख्यामा सामूहिक भाइटीका लगाइदिइन्। उनले सबैमा भ्रातृत्वको भावना हुनुपर्ने बताइन्।
स्वास्थ्यले साथ दिँदासम्म हरेक वर्ष तिहारमा सामूहिक भाइटीका लगाइदिने उनले बताइन्। कोही पनि दाजुभाइलाई भेदभाव नगरीकन भाइटीका लगाएका छौँ।