भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । मन्दिर बिहानैदेखि खुला गरिएको छ । यस मन्दिरमा आज बिहानैदेखि भाइटीका लगाउनेको घुइँचो लागेको छ ।
हेर्नुहोस् केही तस्बिरहरू :
















