नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश धेरै ठुलो संकटमा फसेको बताएका छन्। महोत्तरीको गोपालपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। यसअघि थुप्रै आन्दोलन भएका थिए। तर, यो खालको विध्वंस कहिले भएको थिएन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत ऐतिहासिक धरोहर जलाइएको उनले बताए।
उनले शान्ति सम्झौताका लागि सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले सबैको असन्तुष्टिलाई सम्बोधनका लागि निर्वाचनमा जानुपर्ने बताए। माओवादीको भूमिका कारण राष्ट्रपति संस्था बचेकोसमेत उनले बताए।