राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगबाट दलीय छाया हट्नुपर्ने बताएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन्।
निर्वाचन आयोगका रहेका पात्रहरूले झुलाउने/अल्झाउने काम गर्न सक्ने र त्यसो भएमा अविश्वासको वातावरण सिर्जना गर्न सक्ने उनले बताए।
सर्वदलीय बैठकमा पार्टीले राखेका विषयहरू डा. वाग्लेले सामाजिक सञ्जालमा समेत राखेका छन्। जहाँ उनले निर्वाचन आयोगबाट दलीय छाया हट्नुपर्ने उल्लेख गरेका छन्।
आगामी दिनमा शासकीय वैधताको स्रोतको पुनर्ताजगीका लागि पार्टीकाे अपेक्षा हो भन्दै उनले भनेका छन्, ‘शान्ति–सुरक्षा र अमनचैन। भाद्र २३ को नरसंहार र भाद्र २४ को हिंसा-आगजनीबारे छानबिन।’