प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवासको सगरमाथा कक्षमा केही बेरअघि बैठक सुरु भएको हो।
बैठकमा ११ दलको सहभागिता रहेको छ। आगामी चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललागायको सहभागिता रहेको छ।