महेश बर्तौलाले भने- निर्वाचनको मुख्य चुनौती गृहमन्त्री अर्याल हुन्

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले शान्तिसुरक्षा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मुख्य चुनौती गृहमन्त्री ओम अर्याल रहेको बताएका छन् ।

उनले छानबिन र अनुसन्धान गर्ने हो भने जेन–जी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरी विध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कनेसमेत बताएका छन् ।

‘यिनी अहिलेसम्म पनि ईर्ष्या, डाह, कुण्ठा र आक्रोशभन्दा बाहिर निस्कनै सकिरहेका छैनन्,’ बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन्, ‘उनी लुटिएका हतियारहरू खोज्दैनन्,  प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्,  भागेका कैदीबन्दीहरू कहाँ छन् चासो नै राख्दैनन् ।’

बर्तौलाले हरेक दिनजसो हत्या र हिंसाको घटना भइरहेकोमा गृहमन्त्रीमा कुनै चिन्ता नरहेको भन्दै शान्ति र स्थिरता भंग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिरताको प्रवर्द्धनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरूलाई भड्काउन, उत्तेजित बनाउन र इरिटेसन गर्न झुटा अभिव्यक्ति र घातक क्रियाकलाप गृहमन्त्रीले नै गरिरहेको बताएका छन् । 

सुझावित समाचार