जापानमा पहिलोपटक महिला प्रधानमन्त्री

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन्। मंगलबार संसद्को तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।  टाकाची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। 

संसदमा २३७ मत पाउँदै उनी निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धीले १४९ मत मात्र प्राप्त गरे। 

लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठुलो दल हो। जापान इनोभेसन पार्टीसँग गठबन्धन गरेर सो दलले नयाँ सरकार बनाउन लागेको हो। 

६४ वर्षकी उनी एक महिनाअघि मात्र पार्टीको अध्यक्षमा नियुक्त भएकी थिइन्। पूर्वसुरक्षामन्त्री रहेकी टाकाची ३० वर्षदेखि संसदमा छिन्। उनले आजै मन्त्रिपमण्डल गठनको तयारी गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। 

सुझावित समाचार