चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा थप पाँच रिट दर्ता भएका छन्।
यसअघि विभिन्न समयमा ११ रिट दर्ता भएकाेमा आइतबार थप पाँच रिट दर्ता भएका हुन्। योसँगै संसद् विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका रिटको संख्या १६ पुगेको छ।
दर्ता भएका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।