प्रभु बैंक र आरम्भ चौतारीबिच सहकार्य

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

 प्रभु बैंक र आरम्भ चौतारी लघुवित्तबिच सहकार्य भएको छ । आरम्भ लघुवित्तमा कार्यरत कर्मचारीलाई बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन र लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् लघुवित्तमा कार्यरत कर्मचारीलाई बैंकले आधुनिक बैंकिङ सेवा दिने बताइएको छ । 

बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४ अवार्डका साथै युरो मनी अवार्ड एवं नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई अवार्ड प्राप्त गरेको बैंकका देशभर तीन सय १२ शाखा कार्यालय, दुई सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।

सुझावित समाचार