संसद् विघटन गर्नेले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद : प्रचण्ड

शनिबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले पटक-पटक संसद् विघटन गर्नेहरूले संसद् पुनर्स्थापनाका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रमका उनले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताए। उनले वर्तमान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गरे। घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उनको भनाइ छ। यसलाई भड्काउने कोसिस नगर्न उनले चेतावनीसमेत दिए।

See More On

सुझावित समाचार