नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ ।
सभापति शेरबहादुर देउवाले गत असोज २८ गते बैठक प्रारम्भ गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । देउवाले सक्रिय भूमिका छाडेको बताए पनि कांग्रेस बैठकमा उनको कुर्सी यथावत् छ । देउवा बस्ने कुर्सी खाली राखेर कार्यवाहक सभापति खड्काले बैठक अगाडि बढाएका हुन् ।
कांग्रेस बैठकमा जेन–जी आन्दोलन र प्रभाव, १५ औँ महाधिवेशन तयारी, संसद् विघटन र घोषित निर्वाचनलगायतका आठबुँदे एजेन्डाउपर छलफल भइरहेको छ ।