शुक्रबार सुनको मूल्य तोलामा सात हजार एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बढेको मूल्यसँगै सुनको मूल्य दुई लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन दुई लाख ५० हजार नाै सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको मूल्य नेपाली बजारमा हालसम्मै उच्च हो।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार दुई सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज तीन हजार तीन सय ५० रुपैयाँ पुगेको छ।