बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रका घडियाल गोहीलाई गेरुवा भंगालोको खौरा खोलामा छोडिएको छ। बिहीबार गोही प्रजजन केन्द्रमा रहेका घडियाल गोहीलाई गेरुवाको भंगालोको खौरा खोलामा छोडिएको हो ।
घडियाल गोही सफा पानीमा बस्छ भने गोहीले मानिसलाई आक्रमण गर्दैन र गोहीले माछा मात्र खाने गर्छ। पछिल्लो समय मानवीय गतिविधि, खोला प्रदूषण, नदी उत्खनन, खोलामा अतिक्रमण, माछा मार्न प्रयोग हुने जाल र बल्छीका कारणा घडियाल गोहीको अस्तित्व संकटमा पर्न थालेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरन घले, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामलगायतको टोलीले प्रजनन केन्द्रमा रहेको गोहीलाई गेरुवा भंगालोको खौरा खोलामा लगेर छोडिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए । उनले भने, ‘निकुञ्जभित्र रहेको कट्टासमा लगेर १० वटा घडियाल गोही छोडिएको हो। जसमा पाँचवटा भाले र पाँचवटा पोथी गोही रहेका छन् ।’