राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा प्रस्थान गरेका छन्। अन्तरव्यवस्थापिका संघको १५१औँ महासभामा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनीसँगै राष्ट्रिय सभाका सदस्यहरू गोपीबहादुर सार्की अछामी र मदनकुमारी शाह पनि प्रस्थान गरेका छन्। यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
