राष्ट्रपति, प्रधानमन्त्री र जेन-जी अगुवाबिच शीतलनिवासमा बैठक जारी

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा जेन-जी अगुवाहरू र सरकारबिच शीतलनिवासमा वार्ता सुरु भएको छ। केही दिनअघि तय भएको वार्ता स्थगित भएकोमा आज निरन्तरता दिइएको हो।

यस्तै, प्रधानमन्त्री र केही मन्त्रीहरू पनि शीतलनिवासमा छन् । वार्तामा जेन-जी आन्दोलनका एजेन्डा र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुँदैछ।

जेनजीहरूसंग प्रधानमन्त्री   मन्त्री  सहितको वार्ता शितल निवासमा वार्ता । जेनजी सो बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी हुनुहुन्छ ।

सुझावित समाचार