नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने पार्टी केन्द्रीय सचिवालयले जानकारी गराएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि बैठक बस्न लागेको हो । आजको बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन् ।

