सरकारले आज ४५औँ विश्व खाद्य दिवस मनाएको छ । विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन कृषि विभागले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत संघसंस्थाको समन्वयमा दिवस मनाएको हो ।
यस वर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाइएको छ ।