जेन–जी प्रतिनिधि भन्दै सरकारी कर्मचारी थर्काउने शाही पक्राउ

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

जेन–जीको नाममा साता दिनदेखि सरकारी कर्मचारीलाई कार्यालयमा नै पुगेर थर्काउँदै आएका यमराज, यमु भनिने अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका टोलीले उनलाई बुधवार साँझ कोटेश्वरबाट पक्राउ गरेको हो । शाहीको अपाराधिक पृष्ठभूमि धेरै रहेको हुँदा थप अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । 

उनले भने,‘जेन–जीको प्रतिनिधि भन्दै सरकारी कार्यालयमा थर्काउँदै आएका अर्जुनबहादुर शाहीलाई पक्राउ गरेका छौं । यसको आपराधिक पृष्ठभूमिक धेरै रहेको देखिन्छ । घटनाको अनुसन्धान भइरहेका छन् । अनुसन्धानका क्रममा जुन कसूर बलियो देखिन्छ सोही अनुसार यो विरुद्ध मुद्दा दर्ता हुन्छ ।’ यम्भु वृत्तमा बिद्या श्रेष्ठले हालेको चेक बाउन्सको मुद्दामा फरार भएको खुलेपछि उनी पक्राउ परेका हुन्। 

शाहीविरुद्ध ठगी तथा चेक बाउन्सका उजुरी पहिलेदेखि नै रहेको खुलेको छ। 

सुझावित समाचार