पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घट्यो

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसोबाट पेट्रोल २.५६ रुपैयाँका दरले घटेर आएकाले नेपाली बजारमा समायोजन गरेको निगमले जनाएको छ । डिजेलको मूल्य ०.२५ रुपैयाँले घटेर आए पनि यथावत् राखिएको छ ।

सुझावित समाचार