उदयपुरमा १९ दिनमा थपिए ३८४ मतदाता, अधिकांश जेन–जी पुस्ताका

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

उदयपुमा १९ दिनमा ३८४ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका कम्युटर अपरेटर रमेश यादवका अनुसार १० देखि २९ असोजसम्ममा ३८४ जना नयाँ मतदाता थपिएका हुन् ।

उनले नयाँ मतदाता नामावली बनाउन आउनेहरू अधिकांस जेन–जी पुस्ताका रहेको जानकारी दिए । उनले भने, ‘केही मात्रमा अन्य छन् । नत्र सबै जेन–जी पुस्ताका युवा छन् । आगामी ३० कार्तिकसम्म मात्र मतदाता नामावली संकलन हुन्छ ।’

उदयपुरमा हालसम्म एक लाख १७ हजार २७७ जना पुरुष र एकलाख १३ हजार ६०८ जना गरी जम्मा दुई लाख ३० हजार ८८७ जना मतदाता छन् । 

२०७९ को आमनिर्वाचनमा उदयपुरमा दुई लाख २८ हजार ९४६ जना मतदाता थिए ।

सुझावित समाचार