सभामुख घिमिरेद्वारा विघटित प्रतिनिधिसभाका राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभाका राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल सुरु गरेका छन् । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख घिमिरेले दलहरूको राय माग गर्न छलफल सुरु गरेका हुन्। 

सभामुख घिमिरेले कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी छन्।
 

सुझावित समाचार