इतिहासमा आज

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

सन् १९९० : मिखाइल गोर्भाचेभलाई नोबेल शान्ति पुरस्कार । सोभियत संघका तत्कालीन राष्ट्रपतिलाई शीतयुद्धको समयमा तनाव कम गर्नमा उनको भूमिकाका लागि नर्वेली नोबेल समितिले उक्त प्रतिष्ठित पुरस्कारले सम्मान गर्यो ।

सन् १९६६ : अफ्रिकी अमेरिकीको हकहितका लागि भन्दै बबी सिल र हुइए पी न्युटनद्वारा ब्ल्याक प्यान्थर पार्टीको गठन, जसले पछि मार्क्सवादी क्रान्तिकारी विचारधारा बोकेको थियो । 

सन् १९८७ : बुर्किना फासोका तत्कालीन राष्ट्रपति थोमस संकाराको हत्या । ब्लेज कम्पाओरेको नेतृत्वमा भएको ‘कु’का क्रममा पूर्वराष्ट्रपति संकारा मारिएका थिए ।

सन् १९८७ : कयौँ सुधारका नीतिका कारण ‘अफ्रिकाका चे ग्वेभारा’ भनेर चिनिने बुर्किना फासोका तत्कालीन राष्ट्रपति थोमस संकारा अपदस्थपछि सैन्य कुमा मारिए ।

सन् १९९३ : दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति एफ डब्लु डी क्लर्क र स्वतन्त्रता सेनानी नेल्सन मन्डेला नोबेल शान्ति पुरस्कारबाट सम्मानित । उनीहरूलाई ‘शान्तिपूर्ण रूपमा रंगभेदी शासन उन्मूलनका लागि गरेको कार्यका लागि सो सम्मान’ गरिएको उल्लेख थियो ।

सुझावित समाचार