गौघाट ग्रिनरनको उपाधि युवकराज बुढा र दीपशिखा शाहीले जितेका छन् । गत वर्षदेखि सुरु भएको गौघाट ग्रिनरनको दोस्रो संस्करणको उपाधि जुम्लाका युवकराजले खुला पुरुष पाँच किमि र कोहलपुरकी दीपशिखाले २.५ किमि दौड जित्दै च्याम्पियन बनेका हुन् ।
खजुरा पालिकाको सीतापुरमा भएको खुला पुरुषमा नरैनापुरका अरविन्दकुमार यादव दोस्रो भएका छन् । महिलातर्फ कोहलपुरकी स्वस्तिका शाही उपविजेता बनिन् । खजुरापालिकास्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक पहिलो भए ।
छात्रा २.५ किमिमा अमर माविकी विनिसा एलजीले उपाधि हात पारिन् । विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स)बाट प्रमाणीकरण रुट भएको नेपालगन्ज म्याराथनको ११औँ संस्करण ६ मंसिरमा हुनेछ ।