बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका– ११, विजयनगरका ४६ वर्षीय भदुवा थारू घाइते भएका हुन् । सामुदायिक वन रहेका रूख  धमाधम कटान भएपछि चितुवा मानवबस्तीमा पसेर दैनिकजसाे मानिसलाई आक्रमण गर्ने घटना बढिरहेको छ ।

मंगलबार आफ्नै खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी थारूलाई घाइते बनाएको हो । घाइते थारूकाे स्वास्थ्य उपचार नगर अस्पताल जयनगरमा भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए । दिन प्रतिदिन चितुवाको आक्रमणका घटना बढ्दै गइरहेको छ । तर,  डिभिजन वन कार्यालयले मानव–चितुवा द्वन्द्वका घटाउने अभियान सञ्चालन गरेको छैन ।

मंगलबार मात्रै डिभिजन वन कार्यालयले बढैयाताल गाउँपालिकामा रहेको सुनगाभा होटेलमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कसरी गर्ने भन्दै बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाका ८० भन्दा बढी वनका उपभोक्ता समितिलाई बोलाएर तालिम दिएको थियाे । पछिल्लो समयमा डिभिजन वन कार्यालयले कटानका लागि अनुमति दिएको अधिकांश सालको रूख रहेको वन रहेको छ ।

डिभिजन वन कार्यालयले एक वर्षमै १४१ वनको कार्ययोजना स्वीकृत गरी वनका रूख काट्नु र अन्य कामभन्दा बढी रूख कटानको काममा सक्रिय भएर डिभिजन वन कार्यालयमा प्रमुख विजयराज सुवेदी लागेको देखिन्छ ।

See More On

सुझावित समाचार