नेपाल वायुसेवाले भन्यो– काठमाडौं–ग्वाञ्जाओ उडान रद्दको खबर भ्रामक हो

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले यात्रु संख्या कम भएको कारण अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको भन्ने समाचार भ्रामक भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिए पनि  उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको जानकारी दिए । 

निगमले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं  सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ–काठमाडौं उडानमा ४१ यात्रुहरूको टिकट बिक्री भइसकेको जनाएको छ ।

यसैगरी, २३ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ–काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्ण रूपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ । निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवर्द्धनमा निगमलाई सहयोग गर्न सबैमा अनुरोधसमेत गरेको छ ।

सुझावित समाचार