एकैदिन सुनको मूल्य तोलामा आठ हजार एक सयले बढ्यो

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले बढेर दुई लाख ४८ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले बढेर तोलामा तीन हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो । 

सुझावित समाचार