तीनकुनेमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ३२, तीनकुनेमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ । 

बा.६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका– ३१, बानेश्वर बस्ने कैलाली गोदावरी गाउँपालिका– ८ घर भएका २१ वर्षीय समीर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार