सल्यानमा अटो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् । गएराति करिब १ बजेतिर कुमाख र दार्मा गाउँपालिकाको सिमाना मौलोहानेबाट कुमाख गाउँपालिका– ३, रागेचौर जाँदै गरेको लु.प्र.नं. ०२– ०० ह १३६५ नम्बरको अटो कुमाख गाउँपालिका– ६ भुतखोलीमा दुर्घटना भएको हो।
दुर्घटनामा परी अटोचालक कुमाख गाउँपालिका– ३, डिग्रेखोलाका २५ वर्षीय जीवन राना, २१ वर्षीय मोहन थापा र १८ वर्षीय महेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते तीनैजनाको चौरजहारी मिसन अस्पताल जौरजहारी रुकुम पश्चिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
अटो अनियन्त्रित भएर सडकदेखि तीन सय मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।