महराविरुद्ध मुद्दा दर्ता भएपछि देव गुरुङ– कानुनी आवरणमा राजनीतिक प्रतिशोध नहोस्

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण
महराविरुद्ध मुद्दा दर्ता भएपछि देव गुरुङ– कानुनी आवरणमा राजनीतिक प्रतिशोध नहोस्

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पूर्वसभामुख कृष्णबहादुर महरामाथि निष्पक्ष र स्वतन्त्र ढंगले न्यायिक निरूपण हुनुपर्ने धारणा राखेका छन्।

देश गम्भिर संकटमा रहेको वेला तीन वर्षअगाडिको मुद्दा पुनः कृयाशील गराइएकोमा गम्भीर आशंका व्यक्त गर्दै गुरुङले कानुनी आवरणमा कुनै षड्यन्त्र र राजनीतिक प्रतिशोध हुन नहुने प्रस्ट पारेका हुन्।

सुन तस्करी समूहलाई सघाएको अभियोगमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरासँग साढे आठ करोड बिगो मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

तीन वर्षअघि नै महरामाथि मुद्दा नचल्ने निर्णय भएकाे तथा महराका छोरा राहुलले १८ महिना कैद भुक्तानसमेत गरिसकेको उल्लेख गर्दै गुरुङले भनेका छन्, ‘अहिले मुलुकको राष्ट्रियता तथा लोकतन्त्रमाथि गम्भीर संकट पैदा भैरहेको र राजनीतिक दलहरूको आधारमा मात्र मुलुकको स्वाधीनता बचिरहेको स्थितिमा उक्त मुद्दा पुनः कृयाशील गराइएको छ। अतः कानुनी रूपले निष्पक्ष र स्वतन्त्र ढंगले न्यायिक निरूपण हुने अपेक्षासहित कानुनी आवरणमा कुनै पनि प्रकारको षड्यन्त्र र राजनीतिक प्रतिशोध नहोस् भनी सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउन चाहन्छु।’

सुझावित समाचार