मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा दिएकी छिन्।
अल्पमतमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहको विश्वासको मत परीक्षणको पूर्वसन्ध्यामा तिवारीले राजीनामा घोषणा गरेकी हुन्। उनी लोसपा नेपालको तर्फबाट सरकारमा सहभागी भएकी थिइन्।
एमाले, कांग्रेस र लोसपा नेपालको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री बनेका थिए। सत्तासाझेदार दुवै दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले भोलि मंगलबार प्रदेश सभामा विश्वासको मत परीक्षण गर्दै छन्।
