एकैदिन तोलामा २४ सयले बढ्यो सुनको मूल्य

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो  । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी ९५ रुपैयाँले बढेर तीन हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तीन हजार १२५ रुपैयाँमा कारोबार भएको थियो । 

सुझावित समाचार