बेल्जियमको एन्त्रोपमा दसैँ, तिहार र छठको अवसरमा शुभकामना कार्यक्रम आयोजना

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

बेल्जियमको एन्त्रोपमा दसैँ, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना  गरिएको छ ।  नेपाली मिलन केन्द्र, एन्त्रोप बेल्जियमको  आयोजनामा आइतबार शुभकामना कार्यक्रम आयोजना गरिएको हो । विश्व शान्तिको कामनासहित कार्यक्रम आयोजना गरिएको केन्द्रकी महासचिव कविता सिंखडा दाहालले जानकारी दिइन् ।

यस्तै, नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष रमेश दाहाल र काशी दनै तथा संस्थाको विकासमा सहयोग गर्दै आएका गणेश अधिकारी, दामु अधिकारी, ललितकुमार पोखरेल, चित्र सुवेदी, गणेश गैह्रे, युद्धबहादुर थापालगायतलाई सम्मान गरिएको थियोे । 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सुशीला खतिवडा, पूर्वअध्यक्ष दीपक न्यौपानेसहित उपस्थित थिए । संस्थाका सल्लाहकार चित्र सुवेदीले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लिएका थिए । 

कार्यक्रममा जेन–जी आन्दोलन र हालै नेपालमा गएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने सामूहिक कामना गरिएको थियो । 

अध्यक्ष कान्ती अधिकारी, पूर्वअध्यक्ष न्यौपाने, निवर्तमान अध्यक्ष खतिवडा र सल्लाहकार सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका थिए । 

एन्त्रोपमा सामाजिक क्रियाकलापमा सक्रिय उक्त संस्थाले नेपालीहरूबिच भाइचारा सम्बन्ध विकास, संस्कृति प्रवर्द्धनका साथै नेपालमा दैवीप्रकोप  उद्धार, ज्येष्ठ नागरिक, घरबारविहीन तथा क्यान्सरपीडित नेपालीहरूलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ ।
 

सुझावित समाचार