ग्लोबल आइएमई बैंकद्वारा आठ प्रतिशत नगद लाभांश घोषणा

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

 ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले सेयरधनीलाई वितरण गर्नेछ । बैंकका देशभरका तीन सय ५२ शाखा कार्यालय, तीन सय ८४ एटिएम, एक सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट सेवा दिँदै आएको छ । 
 

सुझावित समाचार