पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकविरुद्ध परेको जाहेरी जाँचबुझ आयोगले नेपाल प्रहरीलाई फिर्ता पठाएको छ। यसअघि प्रहरीले आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै जाहेरी बुझेर आयोगमा पठाएको थियो।
फौजदारी अपराधको अनुसन्धान गर्न आयोगको प्रतिवेदन आवश्यक नपर्ने भएकाले जाहेरी प्रहरीमै पठाइएको प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मंगलबार जेन-जी आन्दोलनमा मृत्यु भएका चार युवाका परिवारले काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएका थिए।
