हुलाक सेवालाई समयानुकूल सुधार गर्दै लैजानुपर्छ : सञ्चारमन्त्री खरेल

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  हुलाक सेवालाई समयानुकूल सुधार गर्दै लैजानुपर्नेमा जोड  दिएका छन्।  १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले हुलाकको आवश्यकता र सार्थकता नघटेको बताए। हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्ने उनको जोड छ ।

स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पुर्याउनुपर्ने भन्दै उनले विश्वको जुनसुकै देशमा रहेका नेपालीका बिचमा हुलाक सेवाको पहुँच हुनुपर्छ भने । हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख  गरे । 

सुझावित समाचार