लडेर एक वृद्धको मृत्यु

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– २, सादेवा सिब्रेकमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् । असोज २३ गते बिहान करिब ७:३० बजे नरबहादुर दाहाल (उमेर करिब ७० वर्ष) बाटो हिँड्ने क्रममा अचानक लडेर मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना आधिकारी विवेक बस्नेतले बिहान ८:४५ बजे स्थानीयले जानकारी गराएको बताए । त्यसलगत्तै प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद तुम्बापोको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको प्रनि बस्नेतले बताए । उनले प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिएकोसमेत जानकारी दिए । 

प्राप्त जानकारीअनुसार मृतक दाहाल करिब पाँच फिट तलको कोदो बारीमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। घटनास्थल प्रहरी चौकी साब्लाखुबाट करिब २५ किलोमिटर उत्तरतर्फ पर्छ ।  घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ । दाहाल पूर्ववडाध्यक्ष रहेको बताइएको छ । 
 

सुझावित समाचार