यो सरकार एक लाखको हो : केपी ओली

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओली अहिलेको सरकार एक लाख जनताको मात्र भएको उल्लेख गरेका छन् । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा तीन करोड जनता भएको र जेन–जी नामक तथाकथित आन्दोलनमा एक लाखले बलमिच्याइँ गरेर सरकार बनेको आरोप लगाए ।

अहिलेको प्रधानमन्त्री सुशीला कार्कीले संसद् भंग नभए जेन–जीले  आगो बाल्छ भनेर बोलेको भन्दै उनले प्रधानमन्त्रीको लागि कार्कीले सर्त राखेको उल्लेख गरे । अहिले मन्त्रिपरिषद् कुनै जनप्रतिनिधि संस्थाले छानेको नभई बलमिच्याइँले बनेको आरोप लगाए । अहिले सरकारमा भएका व्यक्तिहरू जनताबाट छानिन नसक्ने दाबी गर्दै जनताबाट छानिएर आउन चुनौती दिए ।  

उनले राजनीति गर्ने र देश चलाउने कुरा ख्यालट्टाको विषय नभएको भन्दै राम्रोसँग देश चलाउन गृहमन्त्रीलाई आग्रह गरे । नेपाल अर्थतन्त्रमा बलियो होला भनेर देशको सार्वभौमिकतामाथि हमला भइरहेको बताए । उनले राष्ट्रको सम्पत्ति क्षति गर्नेहरूको एकएक हिसाब हुने बताए । उनले आफ्नो सम्पत्ति एकपल्ट होइन १० पल्ट छानबिन गर्न चुनौती दिए । 

सुझावित समाचार