बानेश्वरको वाणिज्य बैंकबाट लुटपाट गर्ने दुई पक्राउ, नगद र सुन पनि बरामद

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

२४ भदौको जेन-जी आन्दोलनमा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुईजना पक्राउ परेका छन्। दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको काठमाडौंका एसएसपी रमेश थापाले बताए। श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले मंगलबार पक्राउ गरेर बुझाएको हो।

उनीहरूमध्ये यादवसँग करिब चार लाख नगद र केही सुन पनि बरामद भएको प्रहरीले जनाएको छ। आन्दोलनको मौका छोपेर एक समूहले बैंकभित्र छिरेर करोडौँको नगद तथा सुन लुटेको थियो। 

सुझावित समाचार