काभ्रेमा घर भत्किएर एक गम्भीर घाइते

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका– ८, घर्तीछापमा घर भत्किएर एकजना गम्भीर घाइते भएका छन् । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार बुधबार महाभारत गाउँपालिका– ८, घर्तीछाप मैनडाँडाका ४६ वर्षीय दुधलाल मोक्तान गम्भीर घाइते भएका हुन् ।

घरमा बसिरहेको अवस्थामा घरको पर्खाल भत्किएर ढुंगाले टाउकोमा चोट लागी मोक्तान गम्भीर घाइते भएको अध्यक्ष जिम्बाले जानकारी दिए । असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण घर भत्कएर घाइते मोक्तानलाई निःशुल्क हेलिकाेप्टरमा उद्धार गरी काठमाडाैं पठाएको अध्यक्ष जिम्बाले जानकारी दिएका छन् ।

घाइतको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 
 

See More On

सुझावित समाचार